सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारले देशभर एचपीभी खोप लगाउँदै

सरकारले देशभर एचपीभी खोप लगाउँदै

२२ माघ, काठमाडौँ । आजदेखि सरकारले देशभर पाठेघरको मुखमा लाग्ने क्यान्सरको निवारणका लागि एचपीभी खोप लगाउँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ।

अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइनेछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएको छ।

यसका लागि २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ । सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदैछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend