बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सत्ताको सेयर लिम्बुलाई दिनुपर्छ: महतो

सत्ताको सेयर लिम्बुलाई दिनुपर्छ: महतो

२१ माघ, काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरास्थित मुक्कुमलुङमा केबलकार निर्माण कार्य नरोकिएसम्म त्यस विरुद्धको आन्दोलन जारी रहने बताएका छन् । माइतीघरमा सोमबार मुक्कुमलुङ संरक्षण संघर्ष समितिको आयोजनामा आयोजित प्रदर्शन कार्यक्रममा उनले सत्ताको सेयर लिम्बुलाई दिनुपर्छ भन्दै केवल लिम्बु समुदायको सहभागिताले मात्र अहिले पनि सफलता सम्भव नभएकोले सम्पूर्ण उत्पीडितहरुको एकता आवश्यक रहेको बताए।

मुक्कुमलुङको सांस्कृतिक भूमि संरक्षण गर्न शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका आन्दोलनकारीलाई प्रहरी प्रशासनले छाती र तिघ्रामा गोली हानेर घाइते बनाएको दाबी गर्दै लिम्बुवानलाई स्वायत्त बनाउनुपर्ने माग गरे ।

महतोले भने,‘यो देश लिम्बुको पनि हो भने सार्वभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वायत्तता हुनुपर्छ । लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन । आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुँदैन, मानव अधिकार पनि हुँदैन ।अब लिम्बू एक्लै छैन, उ संग मधेस उभिएको छ। एक्लै लडदा गरिएको दमन झैँ सधै दमन गर्छु नसोचे हुन्छ, अब सबै एक हुने हो र इट को जवाफ पत्थरले दिइने छ।’

उनले उपरोक्त सवाल केवलकार वा रोजिरोटी संग संबंधित सवाल मात्रै होइन, यो वैचारिक दार्शनिक सवाल पनि भएको र सम्पुर्ण विजय प्राप्तको निम्ति स्वदेशी सत्ता चाहिने बताए । त्यसैले मधेसी-आदिवासी अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य रहेको र मुक्कुम्लुडको संघर्षले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्य थप स्पष्ट पारेको उनले दाबी गरेका थिए। अब वहुलराष्ट्रिय राज्य स्थापनाका लागि लामबद्ध हुन जरुरी रहेको उनको भनाइ थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend