सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिरिमा सिरी बोलको गीत सार्वजनिक (भिडिओ)

सिरिमा सिरी बोलको गीत सार्वजनिक (भिडिओ)

१९ माघ, काठमाडौं । गायिका मिलन नेवार र फेथोम ब्यान्डको सहकार्यमा सिरिमा सिरी बोलको गीत सार्वजनिक भएको छ। विजय कट्टेलको शब्द तथा संगीत रहेको गीतमा र्‍याप शब्द फेथोम ब्यान्डको छ।

गीतको संगीत संयोजक विजेश्वर राज तण्डुकार हुन्। भिडिओमा मिलन नेवारसँगै ब्यान्डका कलाकार र रोशन कालिकोटे फिचर्ड छन्।

रोशन कालिकोटेको निर्देशन रहेको भिडिओमा रोशन विश्वकर्माको कोरियोग्राफी, अर्जुन तिवारीको डिओपी, मनोज पौडेल खत्रीको सिनेम्याटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend