बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

रास्वपा सभापति रवि लामिछाने र सभामुख घिमिरेबीच भेट; सांसद पदबाट निलम्बन फुकुवा गर्न आग्रह

रास्वपा सभापति रवि लामिछाने र सभामुख घिमिरेबीच भेट; सांसद पदबाट निलम्बन फुकुवा गर्न आग्रह

१८ माघ ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सभामुख देवराज घिमिरेबिच आज भेटघाट भएको छ  । सभापति लामिछाने  र सभामुख घिमिरेबिच सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा  संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले भेटवार्ता भएको हो ।

भेटमा सभापति रवि लामिछानेले  सांसद पदबाट  निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ । रास्वपाकी सांसद सोबिता गौतमका अनुसार सांसद पदबाट निलम्बन फुकुवाको माग निवेदनमा गरिएको हो ।

त्यस्तै ,सभापति लामिछानेले पार्टीका सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर भेट गर्न लागेका छन् ।

 

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेलाई सहकारीको सदस्य समेत नरहेको अवस्थामा  सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो । राजनीतिक प्रतिशोधले लामिछानेविरुद्ध षडयन्त्रको गरिएको  रास्वपा र आम नागरिकले आरोप लगाउँदै आएका छन्  ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend