सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रुकुममा आफ्नै बाबुले गरे १७ वर्षीया छोरीलाई बलात्कार आमाले दिइन् उजुरी

रुकुममा आफ्नै बाबुले गरे १७ वर्षीया छोरीलाई बलात्कार आमाले दिइन् उजुरी

रुकुम  । आफ्नै छोरीलाई बाबुले लगातारबलात्कार गर्ला भनेर कसले पत्याउँछ र ? तर, त्यस्तै भएको रुकुम पश्चिममा । १७ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बाबुले आफ्नै छोरीलाई लगातार दुई वर्षदेखि बलात्कार गर्दै आएको भन्दै पीडितकी आमाले प्रहरी चौकी पुर्तिमकाडामा निवेदन दिएपछि प्रहरीले बाबुलाई पक्राउ गरेको हो ।

पछिल्लोपटक चैत १ गते छोरीमाथि बलात्कार गरेको उजूरी परेको थियो । चैत १ गते दिउँसो श्रीमती माइत गएको र छोरी स्कुलबाट घर नगएर साथीकै घर बसेको अवस्थामा उनले छोरीलाई घर लैजान भनी जबर्जस्ती घर लैजाने क्रममा बाटोमै पर्ने एक व्यक्तिको गोठमा जबर्जस्ती गरेको पीडित किशोरीले बताएकी छन् ।

सानीभेरी गाउँपालिकाबाट छोरीलाई बलात्कार गरेको उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।गाउँनजिकैको जंगलमा लुकेर बसेको अवस्थामा गएको सोमबार बेलुकी ४ बजे पक्राउ गरिएको डीएसपी सुमित खड्काले बताए ।पक्राउ परेका बाबुलाई जिल्ला अदालत रुकुमबाट म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend