सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रचण्ड अमेरिका रहेकै बेला किन बुझाए, डाक्टर केसीले मानवअधिकार आयोगमा ज्ञापन पत्र

प्रचण्ड अमेरिका रहेकै बेला किन बुझाए, डाक्टर केसीले मानवअधिकार आयोगमा ज्ञापन पत्र

काठमाडौं । डाक्टर गोविन्द केसीको नेतृत्वको टोलीले दश वर्षे हिंसात्मक जनयुद्धमा भएका युद्धअपराध घटना र मानवता जघन्य अपराधमा संलग्नहरुलाई कारबाहीको माग गर्दै राष्ट्रसंघ र मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएका छन् । मंगलबार डा.केसी नेतृत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, ई.प्रितम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सेनाले संयुक्त रुपमा मानवअधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको बताईएको छ ।

२०५२ सालदेखि २०६३ साल सम्म चलेको नेपालको १० वर्षे हिंसात्मक द्वन्द्वको अवधिमा युद्ध अपराध, मानवता विरुद्धका अपराधका घट्ना भएको कुरा राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय, सञ्चार जगत् लगायत मानव अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाका प्रतिवेदनहरुले ठहर गरेको उल्लेख गरिएको छ । पत्रमा तत्कालिन नेकपा माओवादी र राज्यका निकायसँग सम्बन्धित व्यक्तिको संलग्नतामा १७ हजार भन्दा वढी व्यक्तिको हत्या गरिएको थियो ।

त्यही समयमा कयौँ व्यक्ति वेपत्ता, अपहरण, यातना, अंगभंग, यौनजन्य हिंसा, विस्थापन लगायतका अपराधको सिकार बनेको भनिएको छ । यस्तै युद्धकालमा परेका पीडित व्यक्तिले न्याय नपाएको, बरु हिंसा, प्रतिहिंसा, भ्रष्टाचार र कालोघनको बलमा सर्वसत्ता कब्जा गर्न सफल आततायी पीडक पक्ष कै रजगज झन्झन घनीभूत हुदै गएको स्थितिले हामीलाई अत्यन्तै चिन्तित बनाएको उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend