सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

च्याउ खाँदाको फाईदा मस्तिष्कमा क्षय हुने जोखिम घट्ने

च्याउ खाँदाको फाईदा मस्तिष्कमा क्षय हुने जोखिम घट्ने

सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६ वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ । च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको छ ।

मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्रक्रियासम्बन्धी जाँचमा उति धेरै परिणाम प्राप्त गरे । तर अनुसन्धानकर्ताहरूले च्याउ र मस्तिष्कको कार्यबीच कुनै सोझो सम्बन्ध छ भनेर प्रमाणित गर्न भने सम्भव नभएको बताएका छन् । छ वर्षभन्दा बढी समय लगाएर गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरूले च्याउ खाँदा कग्नटिभ इम्पेअर्मन्ट (सिक्न र तर्क गर्न सक्ने क्षमतामा क्षय) हुने सम्भावना घट्ने पत्ता लगाएका थिए ।

दुई चोटिभन्दा बढी च्याउ खानेमध्ये सयमा झन्डै नौ जनामा मात्र त्यस्तो समस्या भएको देखियो । तर हप्तामा एक चोटिभन्दा कम खानेमध्ये सयमा !
सो अध्ययन जर्नल अफ अल्जाइमर्स डिजीजमा प्रकाशित भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend