सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

को हुन् प्रदेश ३ का उत्कृष्ठ प्रहरी इन्सपेक्टर नवराज ढुङ्गेल

को हुन् प्रदेश ३ का उत्कृष्ठ प्रहरी इन्सपेक्टर नवराज ढुङ्गेल

धादिङ । केही दिन अघि १ सय ५ किलो चरेश सहित लागु औषध कारोबारीको गिरोहलाई पक्राउ गर्ने इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरिक्षक नवराज ढुङ्गेल पुरष्कृत भएका छन् । हेटौंडा स्थित प्रदेश ३ प्रहरी कार्यालयले यस महिनाको उत्कृष्ठ प्रहरी अफिसरको रुपमा ढुङ्गेललाई पुरस्कृत गर्न सर्कुलर गरेको छ ।

ढुङ्गेललाई प्रदेश तीनका डिआइजी दीपक थापाले बेस्ट स्टेट पुलिस अफ द मन्थको अवार्ड सहित नगद पुरस्कार प्रदान गरेका छन् ।गत फागुन १६ गते विहान ४ बजे काठमाडौंबाट बीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसमा ढुङ्गेल नेतृत्वको प्रहरीले चेकजाँच गर्ने क्रममा १०५ किलो चरेश फेला पारेको थियो ।

चरेश सहित अभियुक्त तीन जना व्यक्तिहरुलाई पक्राउ गरिएको थियो । सोही कार्यप्रति प्रदेश प्रहरी कार्यालय हेटौँडाले उनलाई अवार्ड प्रदान गरेको हो ।ढुङगेलले इप्रका गजुरीमा दरबन्दी भएपछि करिब ७०९ किलो चरेश बरामद गरेका छन् । उनले ७ सय केजी गाँजा र लागुऔषध कारोबारमा समलग्न १० जना भन्दा बढी व्यक्ति पक्राउ गरी मुद्दा चलाएका छन् ।

त्यति मात्रै होइन ढुङ्गेलले गजुरी सम्हालेपछि ५ थान अवैध हात हतियार समेत बरामद गरिएको छ ।ओखलढुङ्गा स्थायी घर भएका ढुङ्गेल राजधानीको अमृत साइन्स क्याम्पसका पूर्व विद्यार्थी हुन् । उनलाई कलेज जीवनमा अब्बल विद्यार्थीको रुपमा हेरिन्थ्यो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend