काठमाडौँ । सरकारले विप्लव नेतृत्वको पार्टीका कार्यकर्ता माथि शुक्ष्म तरिकारले निगरानी सुरु गरेको छ । सरकारले सो पार्टीका गतिबिधि माथि प्रतिबन्ध समेत लगाएको अवस्था छ ।
यसै बिच सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले निगरानी बढाएको छ ।
विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएकोसमेत दिएको छ । सरकारले त्यस्ता समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गरेको छ ।
विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारी निष्कर्ष छ । गृह मन्त्रालयले अवैध हातहतियार माथि पनि चनाखो देखिएको छ । सरकारले विप्लवसहित नेता कार्यकर्तालाई पक्राउ गर्न ७७ जिल्लामा परिपत्र समेत गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend