बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न; १०% लाभांश प्रदान

मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न; १०% लाभांश प्रदान

काठमाडौं । मीनभवनस्थित मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष  इन्द्र मणी पोखरेलको सभापतित्व र  राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंको प्रमुख आतिथ्यमा सम्पन्न सभामा काठमाडौं महानरपालिकाका वडा नं ३१ का वडा अध्यक्ष सरोज ढकाल लगायतको उपस्थिति रहेको थियो।

संस्थाको साधारणसभाले सदस्यहरुलाई समीक्षा आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफाबाट १० प्रतिशत लाभांश प्रदान गरेको छ।

त्यस्तै , संस्थाको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन , लेखापरीक्षण प्रतिवेदन र वित्तीय प्रतिवेदन छलफल र सुझावसहित सभाले पारित गरेको छ।

समीक्षा आर्थिक वर्षमा मनिप्लान्ट साकोसको शेयर पूँजी रु.१०.३४ करोड र कूल पूँजी कोष रु. २९.०६ करोड कायम भएको छ। संस्थाको जगेडा कोषमा रु. १०.६८ करोड मौज्दात रहेको छ। यस वर्ष संस्थाको निक्षेप संकलन रु. ६८.१४ करोड र कूल ऋण लगानी रु. १ अर्ब २.३५ करोड रहेको जनाएको छ।

 

साधारणसभाको अवसरमा संस्थाका उत्कृष्ट कर्मचारी , उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गरिनुका साथै उत्कृष्ट शैक्षिक पुरस्कार प्रदान गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend