सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रचण्डको सुरक्षामा बिशेष कडाई, ५९ जना सुरक्षाकर्मी खटिए !

प्रचण्डको सुरक्षामा बिशेष कडाई, ५९ जना सुरक्षाकर्मी खटिए !

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ । आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथि सुरक्षा थ्रेट बढेको हो । आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए । के दाहाललाई सुरक्षा थ्रेट बढेकै हो त । सुरक्षा थ्रेटबारे दाहाल आफैले पटकपटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेका छन् ।

सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ । विगतमा सँगै युद्ध लडेका तर चरम असन्तुष्ट बनेका समूहबाट नै सुरक्षा थ्रेट रहेको राष्ट्रिय अनुसन्धान विभागको सूक्ष्म अनुसन्धाबाट देखिएको स्रोत बतायो । यो समाचार आजको नागरिक दैनिकमा छ । प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend