बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न

ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनिहरुको लगानीमा उचित प्रतिफल दिन कम्पनी सदैव समर्पित भएर काम गरिरहेको जनाएको छ।

कम्पनीका अध्यक्ष श्रीमति सुमित्रादेवी न्यौपानेको सभापतित्वमा बुधबार ( २४ पुष , २०८१) काठमाडौंमा सम्पन्न उक्त साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। सभाले कम्पनीको समीक्षा आ.व. को लेखापरीक्षण प्रतिवेदन पनि अनुमोदन गरेको छ ।

समीक्षा आर्थिक वर्षमा जम्मा शेयर पूँजी रु. ६० करोड रहेको कम्पनीले यस वर्ष विद्युत बिक्रीबाट रु.६.५१ करोड आम्दानी गरेको छ।

कम्पनीले पाँचथर तथा ताप्लेजुङ जिल्लाको बीचमा ९.७ मे.वा. क्षमताको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना सम्पन्न गरि २०८० साल चैत्र महिनादेखि व्यवसायीक उत्पादन गर्दै आएको छ। यस आयोजनाबाट वार्षिक ६.५८ करोड युनिट विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ।

त्यस्तै , ईङवा हाईड्रोपावर लिमिटेडले व्यवसाय विस्तार गर्ने योजना अनुरुप कम्पनीको संचालनमा रहेको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको विद्युतगृहबाट करिव ५०० मिटर डाउनस्ट्रीम तर्फ सा्ेही खोलाको पानी उपयोग गरी ८ मेगावाट क्षमताको तल्लो ईङवा खोला जलविद्युत आयोजनामा बहुमत शेयर लगानी गरी निर्माण गर्ने योजना कम्पनीको रहेको छ । कम्पनीले अन्य नयाँ आयोजनाहरु निर्माण गर्ने लक्ष्य लिएर काम गरिरहेको जानकारी साधारणसभामा दिएको छ।

१५औं साधारणसभा प्रयोजनका लागी कम्पनीले पुष १२ गते शेयरको दर्ता किताब बन्द (बुक क्लोज) गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend