बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

जनउद्धार सहकारी संस्थाको चौबिसौँ साधारणसभा सम्पन्न ; १२% लाभांश प्रदान

जनउद्धार सहकारी संस्थाको चौबिसौँ साधारणसभा सम्पन्न ; १२% लाभांश प्रदान

काठमाडौं । वसन्तपुरस्थित जनउद्धार सहकारी संस्था लिमिटेडले चौबिसौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष सागर नेपालको अध्यक्षतामा  र  लोक सेवा आयोगका निवर्तमान सदस्य तथा संस्थाका सल्लाहकार श्रीपुरुष ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभामा  राष्ट्रिय सहकारी बैंक , न्यूरोड शाखा प्रमुख रमा घिमिरे लगायतको उपस्तिथि रहेको थियो। यही पुष २० गते सम्पन्न सभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को संस्थाको शेयर लाभांश कोषबाट सदस्यहरुलाई १२% लाभांश प्रदान गरेको छ।

साधारणसभाले संस्थाको आ. व. २०८०/८१ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। त्यससँगै , संस्थाको समीक्षा वर्षको लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षको लागि प्रस्तावित योजना र बजेट पनि सभाले पारित गरेको छ।

समीक्षा आर्थिक वर्षमा यस सहकारीको जम्मा शेयर पूँजी रु. ५.५८ करोड कायम रहेको छ। यो गत आर्थिक वर्षको तुलनामा १७.६२% को वृद्धि हो। यस आ.व. मा संस्थाको निक्षेप रु. १९.७३ करोड र कर्जा लगानी रु. १८.४९ करोड रहेको छ। संस्थाको जगेडा कोषमा रु. ६.५६ करोड रहेको छ। त्यस्तै , संस्थाको खुद बचत रु. १.२३ करोड रहेको छ।

२४औं साधारणसभामा संस्थाका उत्कृष्ट कर्मचारी तथा सदस्यहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो। सदस्यका परिवारमा रहेका उत्कृष्ट विद्यार्थीलाई पनि उक्त अवसरमा पुरस्कार प्रदान गरियो।

( तथ्यगत फरक पर्नगएकोले  संपादन गरिएको – सं)

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend