बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

हिमाली बहुउद्देश्यीय सहकारीमा खड्गबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

हिमाली बहुउद्देश्यीय सहकारीमा खड्गबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

काठमाडौं । चाबहिलस्थित हिमाली बहुउद्देश्यीय सहकारी संस्थाको  ३२औं बार्षिक साधारणसभा पुष २० गते शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खड्गबहादुर श्रेष्ठको सभापतित्वमा भएको  साधारणसभाले आगामी चार वर्षको कार्यकालको लागि पुनः श्रेष्ठको  अध्यक्षतामा नयाँ संचालक समितिको सर्वसम्मत निर्वाचन सम्पन्न  गरेको छ।

साधारणसभाले संस्थाको समीक्षा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको  वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यससँगै , यस वर्षको लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको नीति, कार्यक्रम र बजेट पनि सभाले अनुमोदन गरेको छ।

समीक्षा आर्थिक वर्षमा  सस्थाको शेयर पूँजी रु.१ करोड ५० लाख ३६ हजार ६३ रुपैयाँ ४५ पैसा हुँदा निक्षेप हिसाब रु. ५ करोड ९७ लाख ९८ हजार ६२६ रुपैयाँ ४६ पैसाको रहेको छ । त्यस्तै , कर्जा लगानीतर्फ रु.५ करोड ७८ लाख ७४ हजार ६४६ रुपैयाँ  रहेको छ। चालू आवमा सस्थाले रु. ८ करोड ६४ लाख ८ हजार ८५५ रुपैयाँ १० पैसाको कुल कारोबार गर्न सफल भएको छ ।

३२औं वार्षिक साधारणसभाको अवसरमा संस्थाका उत्कृष्ट कर्मचारी तथा सदस्यलाई सम्मान र प्रोत्साहन प्रदान गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend