सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा कांग्रेसको क्षमता अभिवृद्धि प्रशिक्षण

सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा कांग्रेसको क्षमता अभिवृद्धि प्रशिक्षण

सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेसले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा स्थानीय नेता तथा कार्यकर्तालाई पार्टी- प्रशिक्षण दिएको छ । नेपाली कांग्रेस ,नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखा प्रमुख दोर्जे लामाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुको क्षमता अभिवृद्धीका लागि प्रशिक्षण दिइएको जानकारी दिएका छन् ।

उक्त प्रशिक्षणमा सिन्धुपाल्चोक काङ्ग्रेसका करीब १०० जना नेता तथा कार्यकर्ता सहभागी रहेका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य र नेपाल बिद्यार्थी संघका पूर्व महामन्त्री तथा केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य बलदेव तिमिल्सनाले प्रशिक्षण दिएका थिए ।

नेता तिमिल्सनाका अनुसार स्थानीय नेता तथा कार्यकर्तालाई नेतृत्व विकास, कांग्रेसको इतिहास, सिद्धान्त, निति तथा कार्यक्रम र उदेश्यजस्ता विषयबस्तुमा प्रशिक्षण दिइएको थियो ।जिल्लामै स्थानीयस्तरमा प्रशिक्षण हुँदै गर्दा जिल्लाभर उत्साह छाएको उनले बताए ।

भोटेकोशी गाउँपालिकाबाट सुरु भएको यस प्रशिक्षण कार्यक्रम सम्पूर्ण स्थानीय तहभर गरिने र पालिकाले वडा तहमा लैजाने कार्ययोजना रहेको नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखाले जनाएको छ ।


प्रशिक्षण कार्यक्रममा कांग्रेस महासमिति सदस्य लिला नेपाल,भोटेकोशी गा.पा. प्रमुख पासांग नोर्बु सेर्पा,नेपाल महिला संघ अध्यक्ष गिता नेपाल ,नेपाल तरुण दल अध्यक्ष संजय लामा, ट्रेड युनियन कांग्रेसका उपमहासिव बल्देव तामांग,काग्रेस नेता देबी बुढाथोकी लगाएतको उपस्थिति थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend