बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित

नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले एघारौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। क्यापिटलका अध्यक्ष सुरेश कुमार अग्रवालको सभापतित्व र नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्द लाल संघाई तथा संचालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यमा शुक्रबार (१९ पुष ,२०८१) मा सम्पन्न साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को संस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।

साधारणसभाले संस्थाको संचालक समितिको संस्थापक समुहको रिक्त स्थानमा सुरेश कुमार अग्रवाल र प्रेम प्रसाद रेग्मीलाई सर्वसम्मत निर्वाचित गर्नुका साथै स्वतन्त्र संचालकमा रमेश चन्द्र पौडेलको नियुक्तिलाई अनुमोदन गरेको छ।

समीक्षा आर्थिक वर्षमा कुल चुक्ता पूँजी रु. ४० करोड ९८ लाख कायम रहेको कम्पनीको कुल संचालन आम्दानी रु. २ करोड ७६ लाख रहेको छ। श्रोत लगानी व्यवस्थापन सेवा र स्व:पूँजीलाई शेयर बजारमा गरिएको लगानी मार्फत कम्पनीले उक्त आम्दानी गरेको हो। यसका साथै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र प्रत्याभूतिको अनुमतिपत्र प्राप्त गरेकोले कार्यक्षेत्र विस्तार भएको जनाएको छ।

कम्पनीको एघारौं साधारणसभाको संचालन तथा संयोजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend