१८ पुष , काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण कुमार चौधरीले विमानस्थल सुधारका कार्यक्रम लागु गर्नको लागि नेतृत्वको इच्छाशक्तिको खाँचो रहेको बताएका छन् । बिहीवार विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभा-२०८१ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले विमानस्थल भनेको देशको छवि चिनाउने स्थल भएको हुनाले र पर्यटकहरुले यहाँ अनुभव गर्ने व्यवहारबाट आफ्नो भ्रमणबारे सोच बनाउने हुनाले राम्रो व्यवस्थापन अपरिहार्य रहेकोमा उनले जोड दिए।
विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले पनि पर्यटक र यात्रुलाई मर्यादित र गुणस्तरिय सेवा प्रदान गर्न उनले आग्रह गरे।
कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष पुरुषोत्तम सिंखडाले हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड कम्पनीले हवाई यात्रुहरुलाई मापदण्डअनुसार सहज र सुलभ सेवा प्रदान गर्दै शेयरधनिहरुको हकहितको सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उद्घाटन समारोहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्यन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौला , नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष तथा यस कम्पनीका संस्थापक अध्यक्ष विजय बहादुर स्वाँर , नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा , अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत बहादुर सिंखडा लगायतले मन्तव्य व्यक्त गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend