बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सेभ एण्ड एन्हान्स साकोसको २६औं वार्षिक साधारणसभा सम्पन्न; वार्षिक एवं वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

सेभ एण्ड एन्हान्स साकोसको २६औं वार्षिक साधारणसभा सम्पन्न; वार्षिक एवं वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

काठमाडौं । चन्द्रागिरीस्थित सेभ एण्ड एन्हान्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। उक्त साकोसका अध्यक्ष शंकर श्रेष्ठको सभापतित्वमा सोमबार (१० पुष ,२०८१) बलम्बु, काठमाडौंमा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।

साधारणसभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत गरिएको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको हो। त्यससँगै , संस्थाको वासलात, लेखासुपरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि सभाबाट पारित भए।

समीक्षा आर्थिक वर्षमा ४०५६ सदस्य रहेको यस संस्थाको शेयर पूँजी रु. २.४५ करोड रहेको छ। यस वर्ष संस्थाको निक्षेप रु. ४३.९४ करोड र कर्जा लगानी रु. ४०.२० करोड रहेको छ। संस्थाको यस वर्षको कूल संचालन आम्दानी रु. ६.२४ करोड रहेको जनाएको छ। त्यस्तै , संस्थाको जगेडा कोषमा रु. १.९० करोड रहेको छ। संस्थाले यस वर्ष लाभांश प्रस्ताव गरेको छैन।

चन्द्रागिरी नगरपालिका-१२, गुर्जुधारामा आफ्नै भवनमा कार्यालय रहेको सेभ एण्ड एन्हान्स साकोसका अध्यक्ष श्रेष्ठले सहकारी क्षेत्रमा संस्थाले प्राप्त गरेको सफलता र पहिचानलाई कायम राख्दै आगामी दिनमा थप परिस्कृत ढंगले संचालन गर्ने प्रतिबद्धता जनाएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend