सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

म बांचे भने २०८४ सालको चुनावमा उम्मेदवार बन्ने हो:   पूर्व मन्त्री ढुण्डिराज शास्त्री

म बांचे भने २०८४ सालको चुनावमा उम्मेदवार बन्ने हो:   पूर्व मन्त्री ढुण्डिराज शास्त्री

नेपाली काँग्रेसका पुराना नेता तथा पूर्व मन्त्री ढुण्डिराज शास्त्री कुनै बेला चर्चित नेता हुनुहुन्थ्यो । अर्घाखाँची क्षेत्र नम्वर २ बाट दुई पटक सम्म सांसद र पटक पटक मन्त्री समेत बन्नु भएको थियो । उहाँ समाजवादी चिन्तक समेत हुनुहुन्छ । उहाँ संग खबरब्रेकिंग डटकमले राजनीति र केही समसामयिक बिषयमा कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको अंश ।
हाल के मा ब्यस्त हुनुहुन्छ ?

बुढो भएँ, खासै कान सुन्दैन लेख्ने पढ्ने गरेर समय बिताएको छु ।
हजुर कति बर्षको हुनु भयो ?
म अहिले ९० बर्ष भएँ ।
हिड्डुल गर्न सक्नु हुन्छ ?
हल्का हिड्डुल त गर्छु ।
तपाई नेपाली काँग्रेसको पुरानो नेता, पटक पटक मन्त्री पनि हुनु भयो । त्यो बेला र अहिलेको राजनीतिलाई कसरी हेर्नु भएको छ ?
हामी निष्ठाको राजनीति गदै आएका हौं । तर अहिले निष्ठाको राजनीति हराएको छ । जुन संग पैसा छ उही राजनीतिमा हावी भएको छ । यस्तो राजनीतिले मुलुकलाई निकास दिन सक्दैन । राजनीति ब्यापारीकरण भयो । अहिलेको राजनीति प्रति म त्यति सन्तुष्ट छैन । मेरो पाला त्याग र तपस्याको राजनीति हुन्थ्यो । देश र जनताको हितमा सोचेर काम हुन्थ्यो । त्यो अहिले छैन ।
तपाई राजनीतिमा किन र के को लागी आउनु भएको थियो ?
म देश र जनताको भलाई गर्न राजनीति गरेको हुँ । म सांसद पनि भएँ मन्त्री पनि भएँ । मेरो पाला आफूले सक्दो काम गरेर देखाएको पनि हुँ । अर्घाखाँचीमा बिकासको जग मैले बसालेको हुँ । राजनीति भनेको समाज सेवा हो तर अहिलेका नेताहरुले राजनीतिको नाममा ब्यापार गरेको देख्दा दुख्ख लागेको छ ।
बर्तमान सरकारको काम कारवाही बारे के भन्नु हुन्छ ?
बर्तमान सरकारले सहि ढंगले काम गर्न सकिरहेको छैन । देशमा भष्टाचार बढेर गएको छ । यसलाई नियन्त्रण गर्न नेतृत्वले सकेन । जुन देशमा सुशासन कायम हुन सक्दैन त्यो देशमा बिकास हुन समस्या हुन्छ । नेपालमा भएको त्यही हो ।
तपाईले नेतृत्वलाई के सुझाव दिन चाहानु हुन्छ ?
नेतृत्वले देशको हितमा सोचेर काम गरोस् बदमासी गर्नेलाई कारवाही होस् । जनताको हितमा काम होस् । नेतृत्वले इमानको राजनीति गरोस् । मेरो सुझाव यही हो ।
बुढो हुनु भयो अझै पनि राजनीतिमा चासो राख्नु हुन्छ है ?
राजनीतिमा चासो त भैहाल्छ नी । राजनीति गर्दा गर्दै जेल जीवन बिताइयो । ब्यवस्था फालियो । प्रजातन्त्र प्राप्तीका लागी लडियो । हामीले राजनीति गर्दा धेरै दुख्ख पाएर गरेका हौ । अहिले त्यस्तो कहाँ छ र ?
अब अन्त्यमा के भन्न चाहानु हुन्छ ?
भन्न धेरै छ , समय छैन होला म कुरा सक्छु अब । अर्घाखाँचीका जनता प्रति मेरो सम्झना छ । अर्घाखाँचीको बिकासका लागी मैले धेरै गरेको हुँ । अब उपयुक्त पात्र नदेखिए म बाँचे भने २०८४ को चुनावमा गृह जिल्लाबाट उम्मेदवार बन्ने सोच  गरेको छु ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend