बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

फियन साकोसको चौधौं साधारणसभाबाट वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

फियन साकोसको चौधौं साधारणसभाबाट वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

१५ पुष , काठमाडौं । बबरमहलस्थित फियन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो चौधौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। फियन साकोसका अध्यक्ष वासुदेव खत्रीको सभापतित्व र  प्रतिनिधि सभाका सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यमा यही पुष १५ गते सोमबार नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।

साधारणसभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष खत्री द्वारा प्रस्तुत गरिएको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको हो। त्यससँगै , संस्थाको वासलात, लेखासुपरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि सभाबाट पारित भए।

समीक्षा आर्थिक वर्षमा ८७३ शेयर सदस्यहरु रहेको यस संस्थाको शेयर पूँजी रु.८५ लाख रहेको छ। यस वर्ष संस्थाको निक्षेप रु. ४.५३ करोड र कर्जा लगानी रु. ५.२४ करोड रहेको छ।

संस्थाको चौधौं साधारणसभामा उत्कृष्ट कर्मचारी तथा सदस्यहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो।सभामा संस्थाका अध्यक्ष खत्रीले सहकारी क्षेत्रमा संस्थाले प्राप्त गरेको सफलता र पहिचानलाई कायम राख्दै आगामी दिनमा थप परिस्कृत ढंगले संचालन गर्ने प्रतिबद्धता जनाएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend