बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुष २० गते काठमाडौंमा हुने

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुष २० गते काठमाडौंमा हुने

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले  व्यवसाय दर्ता एकद्वार प्रणालीमा  हुने व्यवस्था गर्नुपर्ने , स्थायी लेखा नम्बर (प्यान) कारोवारको दायरालाई ५० लाखबाट बढाएर २ करोड बनाउउनुपर्ने लगायतका माग सरकार समक्ष राखेको  छ ।

महासंघको सातौं साधारण सभा तथा तेश्रो राष्ट्रिय अधिवेशनको बारेमा जानकारी दिन काठमाडौंमा  पुष १४ गते आइतबार  आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो माग गरेको हो ।

उक्त पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कुमार कार्कीले महासंघको तेस्रो राष्ट्रिय अधिवेशन यही  पौष २० गते शनिबार काठमाडौंमा गरिने जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै  अध्यक्ष  कार्कीले २०७४ सालमा स्थापना भएको महासंघले तेस्रो राष्ट्रिय अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने बताए । उनले साना तथा मझौला व्यवसायीहरुको समस्या समाधानको लागि राज्य स्तरसम्म पुर्‍याउने काम महासंघले गर्दै आएको बताउँदै महासंघको तेश्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको बताए ।

अध्यक्ष कार्कीले अधिवेशनमार्फत सरकारसँग महासंघले नेपाल भारत खुला सीमामा हुने चोरी पैठारी तत्काल रोक्न माग गर्ने बताउँदै व्यवसाय दर्ता एकद्वार प्रणालीमा गर्न सरकारसँग माग गरे ।

महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले स्थायी लेखा नम्बर (प्यान) कारोबारको दायरालाई ५० लाख बाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरे । उनले प्यानमा ५० लाखसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था रहेको भन्दै त्यसलाई पुन:विचार गरी सरकारले २ करोड बनाउनु गर्नेमा जोड दिए ।

उनले शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्ने व्यवसायीहरुको लागि राज्यले वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने बताउँदै महासंघले बारम्बार भन्दै आए पनि सरकारले सुनुवाई गर्न नसकेको गुनासो गरे । उनले खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात पुनरावलोकन नगर्ने व्यवस्था लागू गर्नुपर्ने बताए । उनले सरकारसँग साना उद्योगी व्यवसायीहरुको पनि सहज पहुंच बनाउन माग गरे ।

महासंघले  आयातमा कायम  हालको भन्सार दरवन्दी घटाउनु पर्ने जनाएको छ । त्यस्तै, घर  बहाल कर ५ प्रतिशत कायम गरिनुपर्ने लगायतका माग समेत महासंघले राखेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend