भएको छ । दुई विश्वविद्यालयबीच विभिन्न शैक्षिक कार्यक्रममा सहयोग आदानप्रदान गर्ने उद्धेश्यका साथ सम्झौता भएको हो। टोक्यो सिटी विश्वविद्यालयका प्राध्यापक डा। होमबहादुर रिजाल र इन्जिनियरिङ अध्ययन संस्थानका डीन त्रि रत्न बज्राचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे। डीन बज्राचार्यले विश्वका थुप्रै विश्वविद्यालयसंग द्धिपक्षीय सम्झौता भएको र टोक्यो सिटी विश्वविद्यालयसँग भएको सम्झौताले त्रिभुवन विश्वविद्यालयको शैक्षिक वातावरणका साथै अध्ययन, अनुसन्धानमा थप योगदान दिने विश्वास व्यक्त गरे।
उनले भने, ‘सम्झौतापछि दुई विश्वविद्यालयका विद्यार्थी एक्सचेन्ज कार्यक्रमका साथै संयुक्त रुपमा अनुसन्धान र विभिन्न अध्ययन गोष्ठी, सेमिनार आयोजना हुन्छ, यसले नेपाली विद्यार्थीलाई अन्तर्रा्ष्ट्रिय समुदायमा पनि एक्सपोजर हुन मदत पुग्छ।’ उनले टोक्यो सिटी विश्वविद्यालयसंगको सम्झौताले आफूहरु मात्र नभएर नेपालको ईन्जिनियरिङ शिक्षालाई पनि गुणस्तरीय बनाउने दावी गरे।टोक्यो सिटी विश्वविद्यालयका प्राध्यापक रिजालले अनौपचारिक रुपमा दुई विश्वविद्यालयबीच विगतमा पनि विभिन्न शैक्षिक कार्यक्रमहरु भएपनि औपचारिक सम्झौतापछि थप प्रभावकारी रुपमा काम हुने बताए। उनले भने, ‘इन्जिनियरीङ क्षेत्रमा जापानको क्षमता, दक्षता र सीपलाई नेपालमा प्रयोग गर्ने गरी दुई विश्वविद्यालयबीच कार्यक्रम सञ्चालन हुन्छन् र नेपाली अनुभवलाई जापानमा लैजान पनि यो सम्झौताले योगदान पु¥याउँछ।’त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा। सुशील बज्राचार्यले सम्झौता पत्रले नेपालको ईन्जिनियरिङ शिक्षामा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend