बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गर्दै ९.४७ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। वित्तीय संस्थाका अध्यक्ष श्री राजा अर्यालको सभापतित्वमा पुष ११ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली व्याङ्केटमा सम्पन्न सभाले संस्थाको वार्षिक प्रतिवेदन एवं वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको हो। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरी ३ जना सञ्चालकको निर्वाचन सम्पन्न गरेको छ।

त्यसैगरी अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका थिए।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २३ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ मंसिर २० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

समीक्षा आर्थिक वर्षमा लघु वित्तद्वारा ७७२ करोड कर्जा प्रवाह भएको छ भने १४ करोड ६ लाख ४९ हजार २३१ रुपैयाँ खुद मुनाफा आर्जन गर्न लघु वित्त सफल भएको छ । लघु वित्तले हालसम्म ३१.५२ करोड नगद तथा ७८.४४ करोड बराबरको वोनस शेयर लाभांश वितरण गरेको जनाएको छ ।

त्यस्तै , ४६.०३ करोड बराबरको हकप्रद शेयर जारी गरी चुक्ता पूजी १३४.४८ करोड पुर्याउन लघु वित्त सफल भएको आयोजित साधारणसभामा जानकारी गराइएको थियो ।
साथै, आगामी आवमा लघु वित्तले कम्पनीको अधिकृत पूजी २ अर्व र १ अर्व ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँ चुक्ता पूजी वृद्धि गर्ने लक्ष्य राखेको छ ।

साधारणसभामा शेयरधनीहरुबाट उठेका प्रश्न र जिज्ञासाबारे कम्पनीका अध्यक्ष अर्याल र प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेलले स्पष्ट पारेका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend