बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

काठमाडौं । गोंगबुस्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। म्याग्दी साकोसकी अध्यक्ष थदेवी पुनको सभापतित्व र म्याग्दी जिल्लाका संघीय सांसद खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यमा यही पुष १० गते गोङ्ग्बु , काठमाडौंमा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।

साधारणसभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष पुन द्वारा प्रस्तुत गरिएको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको हो। त्यससँगै , संस्थाको वासलात, लेखासुपरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि सभाबाट पारित भए।

समीक्षा आ.व. मा संस्थाले आफ्ना शेयर सदस्यहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत नगद लाभांश प्रदान गरेको छ। त्यस्तै , संरक्षित पूँजी फिर्ता कोषमा रहेको रु. १९ लाख ६८ हजार ५ सय ३१ रुपैयाँबाट संरक्षित पूँजी फिर्ता कोष निर्देशिका २०७६ बमोजिम सदस्यहरुलाई वितरण गर्न साधारणसभाबाट पारित गरेको छ।

समीक्षा आर्थिक वर्षमा १७९३ सदस्य रहेको यस संस्थाको शेयर पूँजी रु. ७.९५ करोड रहेको छ। यस वर्ष संस्थाको निक्षेप रु. ४३.३४ करोड र कर्जा लगानी रु. ४२.५० करोड रहेको छ। संस्थाले यस वर्ष १.३५ करोड मुनाफा आर्जन गरेको छ। त्यस्तै , संस्थाको जगेडा कोषमा रु. ६.८६ करोड रहेको छ।

संस्थाका कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले संयोजन तथा संचालन गरेका १७औं साधारणसभामा उत्कृष्ट कर्मचारी तथा सदस्यहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend