१० पुष ,काठमाडौं । ‘फेसियल हाउस’ ब्युटी सैलुनले आफ्नो १७औं वार्षिकोत्सब मनाएको छ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा आज काठमाडौंमा आयोजना गरिएको विशेष समारोहबीच फेसियल हाउसले भव्यरुपमा वार्षिकोत्सब मनाएको हो।
फेसियल हाउसकी संचालक एवं प्रबन्ध निर्देशक सुष्मा महराको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं जिल्लाका अध्यक्ष दिनेश श्रेष्ठ , नेपाल ब्युटीसिएन एसोसिएशनकी महासचिव शशी शाह लगायतको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख डङ्गोलले धेरै संघर्षपुर्ण कामबाट आजको उपलब्धि प्राप्त गर्दासम्मको फेसियल हाउस र संचालक महराको प्रेरणादायी यात्रा प्रति प्रसंशा व्यक्त गरिन। सौन्दर्य व्यवसाय आफैंमा कला र महिला सशक्तीकरणको माध्यम हुनुका साथै यसले व्यक्तिको आत्मविश्वास समेत बढाउने उनले बताइन।
फेसियल हाउसका संरक्षक तथा वरिष्ठ पत्रकार उज्वलजंग शाहले स्वागत मन्तव्य राखेका कार्यक्रममा संस्थाका २६ जना उत्कृष्ट कर्मचारीलाई पुरस्कार, ४३ जना कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै , उत्कृष्ट शाखा र आफ्ना पाँच विद्यार्थिलाई पनि पुरस्कार प्रदान गरियो।
काठमाडौंको सुनधारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको काठमाडौंको चाबहिल , पोखरा , सुर्खेत, चितवन, धनगढी लगायत ठाँउमा शाखाहरु रहेका छन् । फेसियल हाउसले मुलुकमा स्वरोजगार बढाउने र सीपयुक्त जनशक्ति उत्पादनमा अग्रसर रहदै आएको प्रबन्ध निर्देशक महराले कार्यक्रममा बताइन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend