८ पुष ,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विभिन्न देशका लागि नेपालका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा संयुक्त अधिराज्यका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरे, रुसी महाङ्घका लागि राजदूत जङ्गबहादुर चौहान, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा. शङ्करप्रसाद शर्माले राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend