मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

आज सुनचाँदीको मूल्य बढ्यो

आज सुनचाँदीको मूल्य बढ्यो

 

७ पुष, काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ११०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend