सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआरएनए को १२ औं युरोप क्षेत्रीय बैठक इटलिको रोममा हुने

एनआरएनए को १२ औं युरोप क्षेत्रीय बैठक इटलिको रोममा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोप क्षेत्रीय बैठक तथा १० औं एनआरएनए महिला सम्मेलन इटलिको रोममा हुने भएको छ । युरोपस्थित संघका पदाधिकारी र केन्द्रीय पदाधिकारी बीचको बैठकले अगष्टको ३ र ४ तारिख युरोप बैठक तथा १० औं महिला सम्मेलन गर्ने निर्णय गरेको गैरआवासीय नेपाली संघको युरोप संयोजक शिव बरुवाले बताए ।
रोमस्थित अरजाइफ प्यालेस होटलमा आयोजना हुने सम्मेलनको लागि गैरआवासीय नेपाली संघ इटली सकृय रुपमा लागि परेको संघका केन्द्रीय सदस्य क्षेत्र कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार युरोप सम्मेलनको तयारी गर्न एनआरएनए केन्द्रीय पदाधिकारी, युरोपस्थित संघका पदाधिकारी, युरोपभरका एनसीसी अध्यक्ष तथा महासचिव सहितको बैठक मार्चको अन्तिम साता बस्ने भएको छ ।
बैठकले एनआरएन १२ औं युरोप सम्मेलन तयारी समिति समेत गठन गर्ने भएको छ । युरोपस्थित २८ भन्दा बढी राष्ट्रिय समितिका पदाधिकारीले भाग लिएको सो बैठकमा एनआरएन संस्थापक अध्यक्ष पूर्व अध्यक्ष एनआरएन निवर्तमान अध्यक्ष, संस्थापकहरु, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, नेपाल सरकारका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि लगायतको उपस्थिती रहनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend