बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

काठमाडौं । बालाजुस्थित एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सहकारीका अध्यक्ष रविकृष्ण मानन्धरको सभापतित्वमा यही मंसिर २८ गते सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको प्रतिवेदन , वासलात, लेखासुपरीक्षण लगायतका वित्तीय प्रतिवेदनहरु छलफल र सुझावसहित पारित गरेको हो ।

सभाले संस्थाको रिक्त रहेको सदस्य पदमा मीना गौतमलाई चयन गरेको छ। त्यस्तै , कार्यक्रममा संस्थामा आवद्ध जेष्ठ नागरिक , असल बचतकर्ता र असल ऋणीलाई सम्मान गरिएको थियो।

समीक्षा आर्थिक वर्षमा संस्थाका ५८४ सदस्यबाट शेयर पूँजी रु. १,३८,१२,६००/- रहेको छ। संस्थाको निक्षेपतर्फ रु. १४ करोड ९६ लाख ९४ हजार र कर्जा लगानी रु. १५ करोड ५१ लाख २६ हजार रहेको छ। यस वर्ष संस्थाले रु. ९ लाख १२ हजार खुद नोक्सानी बेहोरेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend