बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति

पर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति

काठमाडौं । पर्यटन समाज सहकारी संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै  नारायण पौडेलको  अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ। संस्थाको यही मंसिर २९ गते शनिबार भएकाे साधारणसभाले आगामी चार वर्षको कार्यकालको लागि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गर्दै सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न गरेको हो। सभाले संस्थाको लेखा समितिकाे निर्वाचन समेत सम्पन्न गरेकाे छ।

साधारणसभाले समीक्षा आर्थिक वर्षको संस्थाको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यससँगै , संस्थाको आर्थिक वर्ष २०८०/८१ को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन पनि सभाले पारित गरेको छ।

कार्यक्रममा संस्थाका नवनिर्वाचित अध्यक्ष नारायण पौडेलले आगामी दिनमा सदस्यहरुको आर्थिक र व्यावसायिक हितका साथै समग्र पर्यटन क्षेत्रको विकासका लागि जिम्मेवारीपुर्वक लागि पर्ने प्रतिबद्धता जनाएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend