बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदान

राष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४औं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ संचालक समितिको निर्वाचन सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष उद्घव प्रसाद खनालको सभापतित्वमा यही मंसिर २९ गते सम्पन्न साधारणसभाले आगामी चार वर्षको कार्यकालको लागि पुनः खनालकै अध्यक्षतामा नयाँ संचालक समितिको सर्वसम्मत चयन गरेको हो।

नवनिर्वाचित संचालक समितिको उपाध्यक्षमा प्रभु दास न्यौपाने , सचिवमा उमेश शर्मा तिम्सिना , कोषाध्यक्षमा प्रभा कुमारी जोशी लगायत रहेका छन् । त्यससँगै , बद्री प्रसाद पौड्यालको संयोजकत्वमा रहने लेखासुपरीक्षण समितिको पनि चयन भएको छ।

 

साधारणसभाले संस्थाका सदस्यहरुलाई समीक्षा आर्थिक वर्ष २०८०/८१ को लाभांश कोष र संरक्षित पूँजी कोषबाट १०% लाभांश प्रदान गरेको छ।

सभाले समीक्षा आर्थिक वर्षको संचालक समितिको प्रतिवेदन , वासलात, लेखासुपरीक्षण लगायतका वित्तीय प्रतिवेदनहरु छलफल र सुझावसहित पारित गर्‍यो ।

समीक्षा आर्थिक वर्षमा १३९१ सदस्यहरुबाट शेयर पूँजी रु. ४ करोड १३ लाख ४५ हजार रहेको सहकारीले कर अगाडि रु. १ करोड ११ लाख मुनाफा गरेको जनाएको छ। त्यस्तै , संस्थाको जगेडा तथा अन्य कोषमा रु. २ करोड ४८ लाख कायम रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend