१ पुष , सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले १०० दिने जागरण अभियान अन्तर्गत सोमबार सोताङ गाउँपालिका-३ मा अभियानको प्रारम्भ गरेको छ । नेपाली काङ्ग्रेस सोताङका सभापति तिलक बस्नेतको सभापतित्वमा सोताङमा आज सम्पन्न औपचारिक कार्यक्रममा काङ्ग्रेसका स्थानीय नेता/कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा कांग्रेस जिल्ला प्रतिनिधि वीर बहदुर गुरुङ , जिल्ला सदस्य गणेश बस्नेत ,जिल्ला सदस्य इन्द्रबहादुर बस्नेत ,कांग्रेस नेता बलबहादुर बस्नेत ,सोताङ गा .पा. सभापति कृष्णबहादुर कार्की ,उपसभापति बलुकुबिर नाछिरिङ , भगवती बस्नेत, ३ न वडा अध्यक्ष गोकर्ण बस्नेत ,महिला संघ सभापती द्वारिका बस्नेत , नेता टेक नछिरिङ, गा. पा .उपाध्यक्ष अन्जु नछिरिङ ,तरुणदलका नेता तेज बहादुर राई, स्व.बि.यु .सभापति प्रमोद राई, गा .पा .प्रवक्ता कविता नाछिरिङ लगाएत्त थुप्रै कांग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियोे ।

नेपाली काङ्ग्रेसको १०० दिने राष्ट्रिय अभियान अन्तर्गत सोताङमा कृयाशिल सदस्य नविकरण आजैदेखि सुरु गर्दै वडा समितिका रिक्त पदपूर्ति अविलम्ब गर्ने, वडाका विकास निर्माणमा ढिलासुस्ती र मनमौजी विरुद्ध डेलिगेसन जाने , वडास्तरमा भावनात्मक एकता कायम गर्ने र पालिका स्तरमा हुने अभियानका कार्यक्रममा सकृय सहभागिता जनाउने ऐतिहासिक निर्णय हुनुका साथै वडाको लेटर प्याड , स्ट्याम्प र सदस्यता प्याड संगठन विभागको तर्फबाट हस्तान्तरण भएको नेता वीर बहादुर गुरुङ ले बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend