सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्याब्सन नेतृत्वमा सहमति जुट्यो, अध्यक्षमा टीकाराम पुरी

प्याब्सन नेतृत्वमा सहमति जुट्यो, अध्यक्षमा टीकाराम पुरी

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को अध्यक्षमा टीकाराम पुरी चुनिएका छन् । १४औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ । प्याब्सनको नयाँ नेतृत्वमा दाबी गर्दै टीकाराम पुरी र डीके ढुङ्गानाको समूहले मनोनय दर्ता गराए पनि अन्तत सहमतीबाट टीकाराम पुरी अध्यक्ष बन्न सफल भएका हुन् ।

आगामी २ बर्षका लागी निर्वाचित नयाँ कार्यसमितीमा प्याब्सनको विधाननै परिमार्जन गरेर निवर्तमान बरिष्ठ उपाध्यक्ष डिके ढुगांनालाई सह अध्यक्ष बनाइएको छ भने निवर्तमान महासचिव राजेन्द्र बानिँया बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

खुल्ला उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी ,इश्वर गरुङ गोपाल आचायर्, टंक भट्राई ,दीपीका थापा र टी आर ढकाल निर्वाचिभएका छन् भने महासचिवमा कुमार घिमिरे ,कोषाध्यक्षमा सन्तोष न्यौपाने ,उपमहासचिवमा आर वी कटुवाल र किशोर गौतम निर्वाचित भएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend