सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन: अध्यक्षमा प्रत्यक्ष निर्वाचनसहित २ वर्षको कार्यकाल

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन: अध्यक्षमा प्रत्यक्ष निर्वाचनसहित २ वर्षको कार्यकाल

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को अध्यक्ष अब प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुनेगरि सर्वसम्मत रूपमा विधान संशोधन गरिएको  छ। महासंघको विशेष साधारण सभाले मंगलबार (२५ मंसिर )यो निर्णय गरेको हो।

महासंघमा यसअघि वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने व्यवस्था रहेको थियो, जुन अब संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गर्ने व्यवस्था गरिएको हो। यो व्यवस्थाअनुसार अहिले वरिष्ठ उपाध्यक्ष रहेका अन्जन श्रेष्ठ स्वत अध्यक्ष बन्नेछन भने त्यसपछि महासंघको अध्यक्षको लागि प्रत्यक्ष निर्वाचन हुनेछ।

महासंघको विशेष साधारण सभाले यस सम्बन्धी विधान संशोधनको प्रस्ताव पारित गरेको छ। यस निर्णयअनुसार अब एकजना महिला उपाध्यक्षसहित पाँचजना उपाध्यक्ष हुने व्यवस्था गरिएको छ। यसमा दुईजना जिल्ला नगरतर्फ, एकजना एसोसिएट, एकजना वस्तुगत र एकजना महिला उपाध्यक्ष रहनेछन्।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी कार्यकालदेखि अध्यक्ष पदको चयन प्रत्यक्ष निर्वाचनबाट हुने जानकारी दिएका छन्। हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको कार्यकाल समाप्त भएपछि २ वर्षे कार्यकाल लागू हुनेगरी विधान संशोधन गरिएको छ।

त्यस्तै , संशोधित विधानअनुसार कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ। महिला उपाध्यक्ष चयन गर्नका लागि कार्यकारिणी समितिमा कम्तिमा १२ जना महिला सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ।महासंघको विधान संशोधनको प्रस्ताव सर्वसम्मतिमा पारित गरिएको थियो, जुन महासंघको २०८० चैत २८ र २९ गतेको ५८औं वार्षिक साधारणसभाले अघि बढाउन निर्देशन दिएको थियो।यसअघि, २०७३ सालमा महासंघले वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने विधान संशोधन गरेको थियो, जसअनुसार तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बनेकी थिइन्। त्यसयता यो विषय हरेक अध्यक्षको एजेन्डामा रहेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend