काठमाडौं । देश नै टुक्रयाउने गतिविधि भए नेपाली सेना स्वत परिचालन हुने प्रधानसेनापति राजेन्द्र क्षत्रीले बताएका छन् । क्षत्रीले राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा र्पुयाउने प्रवृत्तिका सुरक्षा चुनौतिको भएमा नेपाल सरकारको निर्देशानुसार नेपाली सेना परिचालन गरिने स्पष्ट पारेका छन् । उनले अबका दिनहरुमा राष्ट्र र जनता दुवैलाई राष्ट्रिय सुरक्षाका सन्दर्भमा केन्द्रबिन्दुका रुपमा लिई नीति निर्माण गर्नुपर्ने अवस्था श्रृजना भएको बताए ।
समन्वयात्मक बैठकको क्रममा नेपाली सेनाको सैनिक समाचार महानिर्देशनालयले समग्र वस्तुस्थितिको विश्लेषण तथा समिक्षा प्रस्तुत गरेको थियो । सबै पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्नसक्ने चुनौतीहरु एवं सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै वर्तमान वस्तुस्थितिबाट उत्पन्न सुरक्षा चुनौतीहरु तथा समसामयिक बिषयवस्तुमा छलफल एवम् अन्तरक्रिया गरेका थिए ।
उक्त समन्वयात्मक बैठकले नेपाली सेनाको लागि देश, जनता र संविधान प्रेरणादायी स्रोत भएको, देशको विद्यमान परिस्थितिप्रति नेपाली सेना पूर्णरुपमा सचेत रहेको र उत्पन्न परिस्थिति तथा नेपाल सरकारले तोकेको कुनै पनि जिम्मेवारी बहन गर्न सदैव तयार रहेको बताएको सैनिक जनसम्पर्क निर्देशनालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend