बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आराधना कम्प्लेक्समा सुट मेला; ‘लक्की ड्र’ मार्फत देश, विदेश घुम्न पाइने

आराधना कम्प्लेक्समा सुट मेला; ‘लक्की ड्र’ मार्फत देश, विदेश घुम्न पाइने

काठमाडौँ । काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला, २०८१ सुरु भएको छ । नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनमा मंसिर १७ गते सोमबार सुरु भएको मेला आगामी २०८२ वैशाख २५  गतेसम्म चल्नेछ ।

मेलामा ब्राण्डेड सटिङ तथा सुटिङका कपडा दर्जनौँ डिजाइनमा सुपथ मूल्यमा राखिएको महासंघले जनाएको छ । मेलामा आराधानामा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनका स्टल रहेका छन् ।

मेलाका संयोजक तथा मेरिना इम्पेक्सका निर्देशक अर्जुन बस्नेतका अनुसार यस मेलामा इटालियन, इग्ल्याण्ड, बैंकक, भारत लगायत देशका उच्च गुणस्तरीय फेब्रिक राखिएको छ । उनले भने, ‘ सुटमा आएको नयाँ कपडा र डिजाइनबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मेलामा सबै कपडा र सिलाइमा आकर्षक छुट राखिएको छ ।’  मेलामा किनमेल गरेका ग्राहकमध्ये गोलाप्रथाबाट चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यमा घुमाइने समेत बस्नेतले बताए ।

सुट मेलामा उपहार योजना – देश र विदेशमा घुम्ने अवसर

सुट मेलामा ग्राहकले सुट किनमेल गर्नेदेखि सुटका डिजाइनबारे अवलोकन र किनमेल गर्न पाउनुका साथै ‘लक्की ड्र’मार्फत घुम्न पाउने अवसर पाउनेछन् । जसमा  एक विवाहित जोडीलाई दुबई, अर्को एक जोडीलाई थाइल्याण्ड, १५ जोडीलाई पोखरा, १० जोडीलाई चितवनको सौराह घुम्ने अवसर दिइने छ । यस्तै, १० जोडीलाई मनकामना दर्शनका लागि पठाउने योजना छ भने अन्यलाई चन्द्रागिरि केबलकारको टिकटदेखि विभिन्न ठाउँमा घुम्न जान पाउने छन् ।

यसका लागि मंसिर १ गतेदेखि वैशाख २४ गतेसम्म सुट खरिद गर्दा ग्राहकलाई कुपन दिइने र अन्तिममा ‘लक्की  ड्र’ मार्फत छनोटमा परेकाहरूलाई यो सुविधा दिइने जनाइएकाे छ । यो अवसरले आन्तरिक पर्यटनदेखि होटेल व्यवसायीलाई पनि राहत पुग्ने विश्वास गरिएको छ । मेरिना इम्पेक्सले विगतमा यस्ता कार्यक्रम गर्दै आएको भए पनि आरधाना कम्प्लेक्सका ११ वटा पसल मिलेर गरिएको यो आयोजना भने पहिलो पटक  हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend