१० मंसिर ,काठमाडौं । सिन्धुपाल्चोकको पर्यटकीय स्थल सुकुटेमा राष्ट्रिय बीच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु-सुकुटे पर्यटन व्यवसायी संघको आयोजना र नेपाल भलिबल संघको संयोजनमा आगामी माघ १ देखि ५ गतेसम्म उक्त प्रतियोगिता हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
उक्त ७औं महिला तथा ८औं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता आयोजना तथा व्यवस्थापनको लागि सम्बन्धित पक्षहरुबीच आज सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
सिन्धु-सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिंह थापाको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा थापाले बीच भलिबल र पर्यटन प्रवर्द्धन गर्नको लागि यो प्रतियोगिताले महत्त्वपूर्ण योगदान गर्ने बताए।
सात प्रदेश र तीन विभागीय टिमबाट महिला तथा पुरुष समुहको सहभागिता रहने सो प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ तथा दोस्रो र तेस्रो पुरस्कारमा २५ र १५ हजार नगद रहेको आयोजकले जनाएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend