काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके) बीच भएको ११ बुँदे सहमतिको ड्राफ्ट अन्यत्रैबाट आएको दावी गरे । डा. केसीले ड्राफ्ट अंग्रेजीमा बनेको र त्यसको उल्था नेपालीमा गर्दा भाषामा समस्या भएको दावी गरे । ‘बाहिरबाट ड्राफ्ट आएकाले शब्दको उल्थामा फरक परेको हो ’ केसीले भने, ‘सहमति उनीहरुले गरेका भए प्रष्ट भाषामा आउँथ्यो अर्काले गरेको कामको पछि लाग्दा सरकार समस्यामा परेको हो । सम्वाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले विगतमा भएका महत्वपूर्ण सहमति पनि विदेशी भूमिमा भएकाले शंका गर्ने आधार धेरै भएको प्रष्ट पारे । उनले शब्दलाई जसले जसरी व्याख्या गरेपनि ‘जनअभिमत’ भन्नाले जनमतसंग्रह नै हो भन्ने बुझिने ठोकुवा गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend