९ मंसिर, काठमाडौं । काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन हुने भएको छ । आउँदो मंसिर १२ गतेबाट छैटौं एशियाली जनसंख्या सम्मेलन हुने भएको हो । सम्मेलनमा एशिया,अमेरिका,अष्ट्रेलिया लगायत देशका जनसंख्याविद्धहरुको सहभागिता रहने छ । एशियाली जनसंख्या संघ (एपिए) मूल आयोजक र जनसंख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) स्थानीय आयोजक रहेको छ ।
स्थानीय आयोजक समितिका संयोजक एवं सिडिपिएसका प्रमुख प्राध्यापक योगेन्द्र बहादुर गुरुङका अनुसार सम्मेलनमा १७ वटा विषयका कार्यपत्रहरु प्रस्तुत गरिनेछन् ।चारदिन सम्म होटल सोल्टीमा सञ्चालन हुने यो सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend