मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

आज पनि सुनको मूल्य बढ्यो

आज पनि सुनको मूल्य बढ्यो

९ मंसिर, काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ। गत साताका पाँचदिनसम्म लगातार बढेको सुनको मूल्य यो साताको पहिलो दिन पनि तोलामै १७ सय रुपैयाँ बढेको हो।

आज सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँ बढेर एक लाख ६७ हजार दुईसय रुपैयाँ पुगेको छ। गत शुक्रबार सुनको मूल्य तोलाको एक लाख ६५ हजार पाँचसय रुपैयाँ थियो।

 

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारँमा झरेको थियो। तर, विगत एक सातायता भने सुनको मूल्य फेरि लगातार बढिरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। गएको शुक्रबार तोलाको एक हजार नौसय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १५ रुपैयाँ बढेर एक हजार नौ सय ६० रुपैयाँ पुगेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend