सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दैं

चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दैं

९ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठक आज बस्ने भएको छ । आयोगका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाउनु भएको हो ।स्रोतका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी भइरहेको जनाएको छ ।

 

 

चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा निजी मेडिकल कलेजसँग विवाद भइरहेका बेला आयोगको बैठक बोलाइएको हो । तर आजको बैठकको एजेन्डामा विवादित पीजी भर्नाको विषय भने उल्लेख छैन ।

 

आयोगको बैठकका एजेन्डामा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षा, चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधिलगायत एजेनडा तय भएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend