साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । एन्जाज सर्भिस सेन्टरको १७९ रेमिटान्स सेन्टरहरु बाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपाला रहेको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्ने छन् ।हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फ बाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकको तर्फबाट बैंक प्रमुखहरु साद अल द्रीस र अहृमेद अल एनाजिले हस्ताक्षर गरेका थिए ।
उक्त समारोहमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकका उच्च अधिकारीहरु र प्रमुखहरुको उपस्थिति थियो । अल बिलाद बैकंले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरु मा सिटी एक्सप्रेससँग नयाँ प्रबिधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिए । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ५५००भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend