३ मंसिर ,काठमाडौं । नेपाल राष्ट्र बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा नाफा २१.९६ प्रतिशतले वृद्धि भएको जनाएको छ। ‘आर्थिक वर्ष २०८०/८१ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१.९६ प्रतिशतले वृद्धि भई रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार कायम भएको छ’, बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, राष्ट्र बैंकले ३७ अर्ब रुपैयाँभन्दा बढी रकम सरकारलाई दिने भएको छ । बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम रु.३७ अर्ब २२ करोड ३८ लाख २१ हजार नेपाल सरकारलाई उपलब्ध गराउने बैंकको सञ्चालक समितिको बैठकले निर्णय गरेको छ ।
गत असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३०.१ब ५ प्रतिशतले वृद्धि भई रु.२० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको छ । आर्थिक वर्ष २०८०/८१ मा रु.१० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रु.५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend