सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अलग पार्टी खोल्ने कुरा गरेको छैन, देशको हितमा बोल्दा टाउको दुखे चक्की खानुः नेता रावल

अलग पार्टी खोल्ने कुरा गरेको छैन, देशको हितमा बोल्दा टाउको दुखे चक्की खानुः नेता रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता भीम रावलले देशको हितमा बोल्दा कसैको टाउको दुखे देशभक्तिको चक्की खानु उचित हुने सुझाव दिएका छन् । प्रधानमन्त्री केपी ओली निकट नेताहरु पृथकतावादी सिके राउतसँग भएको सहमतिको बचाउमा उत्रिँदै रावलविरुद्ध खनिएपछि एकमुष्ट जवाफ फर्काएका छन् ।

नेता रावलले ट्विटरमा यस्तो लेखेका छन्

नबुझी प्याच्च बोल्नु विवेकी काम होइन । मैले सभागृहमा भेला कहिल्यै गरेको छैन ।अलग पार्टी खोल्ने कुरा गरेको छैन । बरू पार्टी मिलाउने काम धेरै पटक गरेको छु ।झण्डै १७ वर्ष अघि मिन भवनमा एमाले सुपक्षे समन्वय कमिटीका ३५ सूत्रीय मागहरूबारे जानकारी गराउन भेला गरेको थिएँ । वुटवल महाधिवेशनमा छाप लागेका एक बाकस मतपत्र नगनी थन्क्याइएपछि मैले त्यस्तो अनुचित कामप्रति विरोध जनाई शपथ ढिलो लिएको हुँ । महाधिवेशन स्थलमा शपथ नलिने अरू पनि हुनुहुन्थ्यो ।

मैले शपथ लिनेबेला एमालेको नेतृत्वमा सरकार बन्ने कुरै थिएन, पछिपनि मैले मन्त्री हुन खोजेको होइन ।अत्यन्त प्रतिकूल स्थिति समाल्न भनिएकोले जिम्मेवारी लिई दृढताका साथ काम गरेको हुँ । जानकारी होस्, देश शान्ति प्रक्रियामा रहेको बेला एमाले पार्टीले मलाई शिक्षामन्त्रीमा पठाउने निर्णय गर्दा राजीखुशी अरू साथीलाई मन्त्री बनाउन पार्टीलाई अनुरोध गर्दै वालुवाटारमा संयुक्त सरकारको साझा सहमतिको न्यूनतम् कार्यक्रम बनाउने काममा खटिरहने म नै हुँ ।अहिले देशको हितमा बोल्दा कसैको टाउको दुःखे देशभक्तिको चक्कि खानु उचित होला ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend