बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विद्युतीय व्यवसायी महासंघको ‘फिन इलेक्ट्रो टेक- २०२४’ कार्तिक २९ गतेदेखि

विद्युतीय व्यवसायी महासंघको ‘फिन इलेक्ट्रो टेक- २०२४’ कार्तिक २९ गतेदेखि

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82?

काठमाडौं ।  विद्युतीय व्यवसायी महासंघको आयोजनामा ‘फिन इलेक्ट्रो टेक- २०२४’ को आयोजना हुने भएको छ । यही २०८१ साल कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा सो प्रदर्शनी आयोजना हुने भएकाे हो।

विद्युत तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा फिन इलेक्ट्रो टेक- २०२४ को आयोजना हुन लागेकाे हाे ।

आयोजकले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अर्न्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी हुने जनाएकाे छ । फिन इलेक्ट्रो टेकको नारा ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ रहेकाे छ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्धन गर्नुको साथै यी उद्योगमा भएका नवीनतम उपलब्धीहरूबारे सूचना आदान-प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्‍याउने लक्ष्य रहेको आयोजकले जनाएकाे छ ।

ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’ को हलभित्र ४४ वटा ब्लक, २८ स्टल रहेको एक प्याभिलिएन रहेको छ र हल बाहिर डोममा २६ वटा स्टल रहेका छन् ।

यस पटकको फिन इलेक्ट्रो टेकमा इन्डियन च्याम्बर अफ कमर्सले हलभित्रको २८ स्टल रहेको प्याभिलिएनमा इन्डिया पावर शोको लागि इन्डियन उद्योगी एवं व्यवसायीहरूले बुकिङ गरिसकेका छन् ।

स्टलमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीको उत्पादन, ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक स्वीच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

यस प्रदर्शनीको अवलोकनका लागि भोलिदेखि सहुलियत दरमा खल्ती एपमार्फत अग्रिम प्रवेश टिकट बुकिङ खुल्ला गर्न लागिएको आयाेजकले जनाएकाे छ ।

नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रीकल कन्ट्राक्टर एशोशियसन र सोसाइटी अफ नेप्लिज आर्किटेक्टसलगायत सरोकारवाला संस्थाहरूकाे सहभागिता रहनेछ ।

स्वदेशी उत्पादन लगायत भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्ससम्बन्धी उत्पादनहरू प्रदर्शनमा रहनेछन् ।

प्रदर्शनमा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सी एण्ड एस, लिशा, टिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पी.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राइट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यानलगायतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको पनि सहभागिता रहने छ ।

प्रदर्शनीलाई सहभागीतामूलक एवं सूचनामूलक बनाउन विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुति तथा अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन हुनेछन् । चार दिनसम्म चल्ने प्रदर्शनीमा ५० हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने विश्वास आयाेजकले लिएकाे छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend