सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कस्ले गरायो रोजगार व्यवसायी संघका अध्यक्ष गुरूङको घरमा बम विस्फोट ?

कस्ले गरायो रोजगार व्यवसायी संघका अध्यक्ष गुरूङको घरमा बम विस्फोट ?

  • शुक्रबार, २४ फाल्गुन २०७५

काठमाडौ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा शक्तिशाली बम विस्फोट भएको छ । टपजव मेनपावर र सुनगाभा ओरेन्टेसन भएको भवनमा बम पड्काएको हो । उक्त भवन मुनि गाडिलाई लक्षित गरि शक्तिशाली बम विस्फोट गराएको हो । उक्त विष्फोटबाट सो गाडी पुर्णरुपमा क्षति भएको । उक्त विष्फोटबाट सोही घरमा किराना पसल गर्ने मणिराम पोखरेल र निजको छोरा मनिस पोखरेल समेत घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको महाराजगन्ज स्थित टिचिङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो ।आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ । महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend