२३ कार्तिक, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य हिजो एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्यपनि हिजोको तुलनामा बढेको छ। हिजो चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको छ। यो मूल्य हिजोको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend