२० कार्तिक ,काठमाडाैँ । सरकारी कार्यालय तिहार पर्वको बिदापछि आजदेखि खुलेका छन् । तिहारको बिदा भाइटीकाको भोलिपल्टसम्म दिएकाले आजबाट मात्रै सरकारी कार्यालयहरू खुलेका हुन् ।
त्यससँगै , आजदेखि सरकारी कार्यालय खुल्ने समय पनि एक घण्टा छोटिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो।
कार्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend