सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुक क्लोज मंसिर ९ गते

ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुक क्लोज मंसिर ९ गते

२० कार्तिक, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा बिहान १० बजे नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडौंमा सुरु हुनेछ । सभामा बैंकले ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभा प्रयोजनका लागि यस बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, मंसिर ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । मंसिर ८ गते शनिबार र मंसिर ७ गते शुक्रबार परेको हुँदा त्यसदिन सेयर बजार बन्द हुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend