सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भी सिरिजको नयाँ स्मार्टफोन भी १५ प्रो नेपाली बजारमा

भी सिरिजको नयाँ स्मार्टफोन भी १५ प्रो नेपाली बजारमा

  • शुक्रबार, २४ फाल्गुन २०७५

काठमाडौँ । भीभोले आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भी १५ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । भीभो भी १५प्रो पहिलो मोडल भएको र भीभो नेक्सपछि उद्योग कै पहिलो एलेभेटिङ फ्रन्ट क्यामरा प्रयोग गरिएको कम्पनीले जनाएको छ । भी रिरिजमा उच्चस्तरका प्रविधि तथा फिचरहरु राखिएको छ ।एलेभेटिङ फ्रन्ट क्यामराका साथमा ठूलो साइजको डिस्प्ले, ट्रिपल रियर क्यामरा, इन डिस्प्ले फिङ्गर प्रिन्ट स्क्यानिङ प्रविधि रहेको छ ।

भीभो भी १५प्रो नेपाली बजारमा टोपाज ब्लू कलर अप्सनमा रहेको कम्पनीले जनाएको छ । प्रि अर्डर फागुन २४ गतेदेखि हुने र यो स्मार्टफोनको अधिकतम बजार मूल्य ५२ हजार ४ सय ९० तोकिएको छ । भीभो भी १५ प्रो नेपाली बजारमा सार्वजनिक समारोहमा भीभो नेपालका ब्राण्ड प्रमुख पेङ्गदाले भने– भीभो भी१५प्रोले ग्राहकहरुको दैनिक जीवनलाई सहज बनाउन मद्दत मिल्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend